राष्ट्रियस्तरको बाघचाल प्रतियोगिता हुने

1649 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 राजन लोहनी

धादिंङ । नेपालको मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम हुने भएको छ ।

नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालले आगामी साउन ११ र १२ गते काठमाडौंको बसुन्धारास्थित चन्द्रविन्दु स्कुलमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । उक्त कार्यक्रममा बढीमा २५० जना सम्मको सहभागिता रहने अपेक्षा गरिएको छ । साउन २ गते साझँ ५ः०० बजेसम्म आएका आवेदकलाई प्रतिस्पर्धामा सम्मिलित गराइनेछ । आवेदन शुल्क रु १५० रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रममा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् ।

विजेताहरुलाई पहिलो पुरस्कार स्वरुप रु ५५ सय, दोस्रो रु ३५ सय र तेस्रो रु २५ सय साथै शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिने छ । उक्त कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएका पूर्व खेलाडीहरुलाई सम्मानगर्ने कार्यक्रम समेत रहेको छ । सम्मानित हुने खेलाडीहरुमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशः राम्जीप्रसाद बज्रचार्य कराँते, दिपक बिष्ट (तेकवान्दो), बिनोद दास (क्रिकेट) ,सारादेबी तामाङ (ब्याडमिन्टन -नेपालआर्मी ), दिपक महर्जन (बक्सिग), आङ बाबु लामा (ऊशु),भरत शाह(भलिबल -नेपालपुलिस ) , ममता चौधरी (महिला क्रिकेट, सशत्रप्रहरी बल), जितबहादुर केसी (एथलेटिक्स) , तारा देबी पुनमगर (भारत्तोलन), रञ्जना धामी(प्यारा ओलम्पिक-अपाङ्ग) र सोम बहादुर सुनुवार (प्यारा ओलम्पिक (अपाङ्ग) छन् ।