धादिङ चेम्बर अफ कमर्शको तदर्थ समिति गठन

1251 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल चेम्बर अफ कमर्शको धादिङ शाखा गठन भएको छ । धादिङका पुराना व्यवसायी गोविन्द कुमार श्रेष्ठको अध्यक्षतामा गएको जेठ २० गते जिल्ला प्रशासन कार्यालय धादिङमा संस्था ऐन २०३४ अनुसार दर्ता भएको धादिङ चेम्बर अफ कर्मस नौ सदस्यिय रहेको छ ।
कार्य समितिको उपाध्यक्षमा श्रवणकुमार त्रिपाठी, महासचिवमा अशोककुमार बस्नेत, कोषाध्यक्षमा विनोद भण्डारी र सदस्यहरुमा तिर्थकुमार गुभाजु,सुरज उप्रेती,रामकृष्ण सुवेदी,ठाुकरप्रसाद अधिकारी र राजकुमार श्रेष्ठ रहेका छन । नेपाल चेम्बर अफ कर्मशले जेठ २१ गते पत्र पठाई धादिङ चेम्बर अफ कर्मशलाई आधिकारिक संस्थाको मान्यता दिईएको जानकारी गराएको छ ।चेम्बर अफ कमर्शको गठन पछि निजी क्षेत्रको आधिकारिक प्रतिनिधित्व गर्ने सस्था दुई वटा भएको छ । जिल्लामा यस अघि नेपाल उद्योग वाणिज्य महासंघको आधिकारिक मान्यता प्राप्त संस्थाको रुपमा धादिङ उद्योग वाणिज्य संघ कृयाशिल रहेको छ ।
एउटै जिल्लामा एकै प्रकारको दुई वटा जिल्ला संघ गठन हुनुलाई धेरैले अनौठो मानेका छन । केही बर्ष अघि जिल्लाका व्यवसायीहरुले उद्योग वाणिज्य संघ धादिङको गठन गरी सञ्चालनको प्रयास गरेपनि एकै प्रकारको दुईवटा सस्थाको आवश्यकता नरहेको भन्दै उद्योग वाणिज्य संघ धादिङलाई बिघटन गरिएको थियो ।