असोज २२ देखि आँखुखोलाको १३.७६ लाख कित्ता आइपीओ आउँदै

2010 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । कम्पनीले सोचे जस्तो शेयर बिक्री हुन नसकेपछि धादिङमा रहेको आँखुखोला  जलविद्युत कम्पनीले  असोज २२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरी बाँकी रहेको १ लाख ७६ हजार २० कित्ता समेत जोडी कुल १३ लाख ७६ हजार २० कित्ता आइपीओ निश्कासन गर्ने भएको हो ।

कम्पनीले चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपीओ सर्वसाधारण, आफ्ना कर्मचारी र सामूहिक लगानीकोषहरुका लागि छुट्याएको थियो । कर्मचारीका लागि २ प्रतिशत र सामूहिक लगानीकोषका लागि ५ प्रतिशत छुट्याएको छ र बाँकी कित्ता सर्वसाधारणका लागि निश्कासन हुनेछ ।

एकसय रुपैयाँ अंकित दरको आइपीओमा छिटोमा भदौ २५ गतेभित्र र ढिलोमा कात्तिक ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यो कम्पनीको आर्थिक वर्ष २०७४/७५ मा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा रहेको छ । यसलाई तीन वर्षपछि ४ रुपैयाँ २० पैसा पुर्याउने कम्पनीको प्रक्षेपण छ।

कम्पनीले जारी गर्न लागेको आइपीओर्ला इक्रा नेपालले सबैभन्दा कमजोर ग्रेड फाइभको रेटिङ दिएको थियो । यसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

यसअघि कम्पनीले आयोजनास्थिल धादिङका स्थानीयका लागि ८ लाख कित्ता सेयर निश्कासन गरे पनि १ लाख ७६ हजार २० कित्ता बिक्री भएको थिएन ।

रु ६०,००,००,०००।–संस्थापक शेयरधनीहरुको स्वपूँजी, रु. १,५८,१६,८४,६३१।– सहवित्तियकरण अन्र्तगत बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त ऋण र वाँकी व्यत्तिगत ऋण तथा अन्य दायित्व प्रयोग गरी आयोजना सम्पन्न गरिएको छ ।

सर्वसाधारणहरुले दरखास्त दिँदा कम्तिमा ५० कित्ता र बढीमा ६,००० कित्ता का लागी द्दट निवेदन दिन सक्नेछन । ५० कित्ता भन्दा बढि शेयरका लागि दरखास्त दिंदा १० अंकले भाग जाने संख्यामा दरखास्त दिनु पर्नेछ ।

कम्पनीबाट निर्माण सम्पन्न भई संचालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मे.वा. रहेको छ आयोजनावाट उत्पादित वार्षिक ४६ गिगावाट विद्यूत शक्ति नेपाल प्राधिकरणको केन्दीय प्रसारण लाइनमा समावेश गरीएको छ ।

यस कम्पनीबाट प्रवद्धित आँखुखोला –१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरी रहेको छ । आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न भई मिति २०७० साल भाद्र ८ गतेवाट व्यवसायिक उत्पादन सुरु भई सकेको छ ।