बट्टार बजारमा कला मोटर्स प्रालि सञ्चालनमा

1231 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट जिल्लाको  बट्टार बजारमा महिन्द्रा कम्पनी अन्तर्गतको अग्नि इनकर्पोरेट प्रालिको शाखाका रूपमा गाडी र त्यसका सामग्री बिक्री एवं मर्मत गर्न कला मोटर्स प्रालि सञ्चालनमा आएको छ ।

विदुर नगरपालिका–४ संगमचोकमा सञ्चालनमा आएको महिन्द्रा कम्पनीको सवारीसाधन बिक्री केन्द्रमा महिन्द्र कम्पनीको उत्पादन रहेका गाडी र त्यसका सामग्री बिक्री एवं मर्मत सेवा सञ्चालनमा ल्याएको कला मोटर्स प्रालिका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिए । उनको अनुसार हाल ४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको ‘सो रुम’मा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

महिन्द्राले ग्राहकहरुलाई उक्त बिक्री कक्षबाट बिक्री, मर्मत तथा स्पेयर पार्टस्हरु उपलब्ध गराउने जनाएको छ । यससँगै कम्पनीले नुवाकोट र आसपासका क्षेत्रमा ग्राहक र कम्पनीबीचको विश्वास बलियो बनाउने, आफ्नो बजार हिस्सा बढाउने लगायतको रणनिति लिएको जनाएको छ ।अग्नि समूह नेपालका लागि महिन्द्राका सवारी साधन तथा वाहनहरु, ट्रयाक्टरहरू, दुइपांग्रे सवारी साधनहरू, विद्युतीय कारहरू र जेनेरटरहरूको अधिकृत वितरक हो । यो कम्पनी अग्नि कन्स्ट्यान्ट ब्याट्री र केभिन इन्भर्टरको वितरक पनि हो ।
कला मोटर्स प्रालिले महिन्द्रा कम्पनीको उत्पादनहरू ट्याक्टर, स्कार्पियो, बोलेरोलगायतका गाडी फाइनान्स सहितको सुविधामा विक्री सुरु गरेको छ । उक्त कम्पनीमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष श्रेष्ठसहित नुवाकोटको व्यवसायी रिना श्रेष्ठ र धादिङका व्यवसायीहरू रमेशभाइ अधिकारी र चन्द्रकान्त अधिकारीको लगानी छ ।