सियोलोन मास्टर्स इन्टरनेशनल व्याडमिण्डटन टुर्नामेण्टमा बिष्णुलाल श्रेष्ठ फाईनलमा
1484 पटक पढिएको
श्रीलंकाको राजधानी कोलम्वोमा नेपाल लगायत १० देशका खेलाडीहरुका बिच भएको सियोलोन मास्टर्स इन्टरनेशनल व्याडमिण्डटन टुर्नामेण्टमा नेपालका खेलाडी धादिङका बिष्णुलाल श्रेष्ठ फाईनलमा पुगेका छन् ।
टुर्नामेण्टमा सहभागी भएका नेपालका खेलाडीहरु धादिङका बिष्णुलाल श्रेष्ठ र कास्कीका रमेश भट्टचन पुरुष डवल तर्फको ५५ बर्ष भन्दा माथिको तौल समूह अन्र्तगतको इभेण्टमा सेमि फाईनलमा प्रवेश गरेका छन् ।
खेलमा धादिङका बिष्णुलालले श्रीलंकाका खेलाडी रोहन फेर्नान्डोलाई १५–८,१५–१२ स्क्रोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन । बुधवार हुने खेलमा बिष्णुलाल श्रीलंकाका जानाथ रोहन संग भिड्ने छन् । नेपालका अर्का खेलाडी कास्कीका रमेश भट्टचन भनेभारतका नं १ र विश्वका नम्बर ४ खेलाडी फिलिप बेन्सी, संग सेमी फाईनलमा १२–१५ र ८–१५ ले पराजित हुन पुगेका छन । भट्टचनले ब्रोन्ज मेडल हासिल गरेका छन् ।








