डण्डीवियोमा पहिलो दिन तीन समूह विजयी

1027 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ५ माघ – धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आईतबार देखि जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता खेल शुरु भएको छ । खेलको पहिलो दिन तीन खेल सम्पन्न भएको छ । पहिलो दिनको खेलमा लापा मावि , सुनौलो भैरबी मावि, साङकोष मावि विजयी भएका छन ।

लापा मावि र मनरुपी मावि बिच भएको खेलमा लापाले २ सय २९ र साङकोषले १ सय ८९ अंक प्राप्त गरेको थियो भने सुनौला भैरबीले २ सय १७ र अमर आदर्शले १ सय ५९ अंक पाएको थियो । पहिलो दिनको अन्तिम खेलमा साङकोष माविले कालिका मावि थांक्रे लाई हराएको छ । विजयी साङकोषले १ सय ६५ र कालिकाले १ सय ३२ अंक ल्याएको थियो ।
लोप हुने अवस्थामा पुगेको नेपाली मौलिकता बोकेको डण्डीवयो खेलको महत्व र यस्को संरक्षणका बिषयमा युवापुस्तालाई जानकारी दिने उद्धेश्यले धादिङमा जिल्ला स्तरीय डण्डीवियो प्रतियोगिता शुरु भएको छ ।
नेपाल स्काउट धादिङ र नेपाल डण्डीवियो संघको आयोजनामा आईतबार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेससीमा माध्यमिक बिद्यालय स्तरीय डण्डीवियो प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा जिल्लाका ४३ वटा माध्यमिक बिद्यालयका बिद्यार्थीहरु सहभागी भएका छन् । जिल्ला समन्वय समिति धादिङका प्रमसख जगन्नाथ नेपालले आईतबार खेलको उद्घाटन गर्नु भएको हो ।
प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितिय हुनेले रु ३० हजार, तृतियले रु २० हजार र सान्त्वना हुने समूहले रु १० हजार नगद पुरस्कार पाउनेछन् । केही दशक अघि सम्म गाउँघरमा सबैभन्दा बढि खेलिने लोकप्रिय खेल भएपनि अहिले डण्डीवियो खेल हराई सकेको र नयाँ पुस्ताले नियम समेत जानकारी नपाएको हुंदा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको स्काउटका जिल्ला आयुक्त विनोदमान श्रेष्ठले जानकारी दिए ।