धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

3374 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


केशव अधिकारी
धादिङ,१५ फागुन – धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको बेला नेपालमा १५ अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने दुई देशबिच सहमती भएको थियो ।
दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित सञ्चालन गर्न लागिएको सिमेन्ट उद्योग सन २०२० को जनवरी सम्ममा निर्माण भैसक्ने कम्पनीले बताएको छ । कम्पनीका प्रतिनिधि तुलसीजंग थापाका अनुसार विश्वकै अत्याधुनिक सिमेन्ट प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने हुआसिन नेपालमा प्रत्यक्ष बैदेशिक लगानी गर्ने सबैभन्दा ठूलो कम्पनी हो । सिमेन्ट उद्योगमा चिनीयाँ कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत शेयर रहने पनि थापाले वताउनु भयो । अहिले कम्पनीमा नेपाली लगानीकर्ताहरुको प्रतिनिधित्व बैद्य ग्रुपको तर्फबाट सुरज बैद्यले र चिनीयाँ लगानीकर्ताहरुको प्रतिनिधित्व हुवासिन सेन्ट्रल एसिया इन्भेष्टमेण्ट (हुवान) कम्पनी लिमिटेडले गरिरहेको छ ।
नेपालमा चिनीयाँ लगानीकर्ताको आकर्षण वढाउने उद्धेश्यले नेपाल सरकार र चिनियाँ सरकार बिच भएको भएको द्धैपक्षिय सम्झौता अनुसार नेपालमा सिमेण्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेण्ट नारायणी प्रालि बीच सम्झौता भएको छ । उक्त कम्पनी स्थापना गर्नका लागि १५ अर्ब बराबरको वैदेशिक लगानी नेपाल सरकारको र्फबाट लगानी वार्डले स्वीकृत गरिसकेको छ । कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेण्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ । सिमेण्ट उद्योगले आँफुलाई चाहिने कच्चा पदार्थ स्थानीइ कच्चा सामाग्रीको प्रयोग गरेर आंफै उत्पादन गर्ने वताईएको छ ।
सिमेन्ट उद्योग सञ्चालनमा आउँदासम्म प्रत्यक्ष रुपमा ३ सय जना र अप्रत्यक्ष रुपमा एक हजार जनाले रोजगारी पाउने पनि कम्पनीले जनाएको छ । पहिलो पटक नेपालमा टनेल खानी प्रविधिबाट सिमेन्ट उत्पादन र सबैभन्दा बढी वातावरणमैत्री हुने थापाको भनाई छ ।
उद्योग क्षेत्रका बासिन्दाका लागि पनि उद्योगले सडक, पानी, विद्युत लगायतका पूर्वाधार विकासमा समेत सहयोग गर्ने भएको छ । यस अन्तर््गत पृथ्वीराजमार्गको मलेखु देखि उद्योग रहेको स्थान सम्म मलेखुखोलाको किनारै किनार भएर सडक निर्माण गरिने छ ।
उद्योगको शिलान्यास यहि फागुन १७ गते संघीय संसदका सभामुख कृष्णवहादुर महराबाट हुने भएको छ ।