धादिङमा आजबाट जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै

929 पटक पढिएको

प्रकाशित मिति: २०७५, २४ फाल्गुन शुक्रबार ०७:३५

सम्पादक: धादिङ न्यूज

 

 

नीलकण्ठ । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा माध्यमिक विद्यालय स्तरीय खुल्ला  मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता हुने भएको छ ।

१०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आयोजना गरेको मैत्रिपूर्ण छात्रा भलिबल प्रतियोगिता आजबाट शुरु हुंदैछ ।

आजबाट हुने भलिबल प्रतियोगिताको बारे जानकारी दिन बिहिबार एड्भान्स एकेडेमीले  पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।  बिद्यालयका प्रिन्सिपल गोविन्द बुढाथोकीका अनुसार  जिल्लाका विभिन्न विद्यालयबाट आएका १२ वटा समुहले भाग लिने छन ।  उद्घाटन खेल  एड्भान्स एकेडेमी र नीलकण्ठ मावि बीच  हुनेछ साथै, प्रतियोगिता चलि रहँदा शिक्षक अभिभावकको समेत मैत्रिपूर्ण भलिबल खेल हुनेछ

 एड्भान्स एकेडेमीको प्राङ्गणमा  हुने छात्र भलिबल प्रतियोगितामा प्रथम हुनेलाई  मेडल , प्रमाणपत्र, कप र नगद रु.३०,०००,द्धितीय हुनेलाई मेडल, प्रमाणपत्र, कप र नगद रु.१५,००० ,तृतीयहुने दुई टिमलाई मेडल, प्रमाणपत्र, नगद रु.५ / ५ हजार प्रदान गरिने छ ।

प्रतियोगितामा एडभान्स एकेडेमी धादिङबेसीको दुई समूह, पशुपति मावि नीलकण्ठ १२, बागेश्वरी मावि बैरेनी, दि राईजिङ भिलेज स्कुल बैरेनी,नीलकण्ठ मावि धादिङबेसी, चिल्ड्रेनपार्क मावि धादिङबेसीबाट सहभागि हुंदैछन ।यसै गरी प्रतियोगितामा धादिङ बोर्डिङ धादिङबेसी, न्यू किवो बोर्डिङ स्कुल धादिङबेसी,मुक्रावदेवी मावि सेर्तुङ,मावि र कालिका मावि वेनिघाट विदाङको टिम सहभागि हुने वताईएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २४ फाल्गुन शुक्रबार ०७:३५ मा प्रकाशित