अमेरीकाको कोलोराडोमा रहेका नेपालीले मनाए होली

1120 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कोलोराडो (अमेरीका) – नेपालीहरु जुन देशमा पुगेपनि आफ्नो धर्म सस्कृति र परम्परालाई भुल्न सक्दैनन । परदेशको भुमिमा नेपालीहरुलाई जोड्ने काम यिनै धर्म संस्कृति र चाडपर्वले गर्न गरेको छ । यसै क्रममा अमेरिकाको कोलोराडोमा निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन हिन्दु मन्दिरमा आयोजित कार्यक्रममा कोलोराडोमा कृयासिल संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्यवसाही, कलाकार, पत्रकार तथा सर्वसाधारणको उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा नेपाली घरका कोषाध्यक्ष जगदिश ढकालले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य प्रकास पारेका थिए ।
त्यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेल, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका महासचिव टिका पौडेल, ग्लोवल भुटनिज कम्युनिटी अफ कोलोराडोका सोम बराल र एनआरएन कोलोराडो च्याप्टरका प्रतिनिधी रुपेश बरालले होलीको शुभकामना दिएका थिए ।
मंदिरका पंण्डित प्रेमप्रसाद पौडेलले पुजा सहित होलीको महत्व उल्लेख गर्दे उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए । त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न किसिमका रंग लिएर आ–आङ्खना दौतरिहरुलाई लगाउन व्यस्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आÏनो संस्कृति र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।
नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होलीसुरु भएको मानिन्छ । नेपालको पाहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलीपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपाल संगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ । तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडी वा पछाडीको शनीबार ,आईतबार पारेर मनाउने चलन छ ।