‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालकी अलिना तुलाधरले प्रतिनिधित्व गर्ने

1568 पटक पढिएको

१३ चैत्र २०७५, बुधबार १०:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं – युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् ।
‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि आधिकारीक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रा.लिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वल्र्ड नेपाल २०१९’को क्राउन पहिर्याउदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।
व्यतिmको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार गर्ने उदेश्य सहित अलिनालाई ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा पठाउन लागेको ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए । उद्देश्य पूर्तिका लागि ‘मिसेस् टप अफ द वल्र्ड’ एउटा बलियो माध्यम भएको उनले खुलाए ।
ग्रीन आर्टस् मिडिया प्रा.लिकी अनिला श्रेष्ठको व्यवस्थापनमा एलिनालाई प्रतियोगिताको लागि छानिएको हो । २९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा एलिना कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत बिभिन्न प्रशिक्षण सहित सहभागिता जनाउने छिन् ।स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन्, भने उनी व्युटिसियन पनि हुन् । मिसेस् टप अफ द वल्डर्मा यसअघि रजनी थापाले वर्ष २०१५को संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वल्र्डको अवार्ड जितेकी थिइन् ।

सन् २०११ बाट सौन्दर्य प्रतियोगिताको सफल आयोजन, कुशल व्यवस्थापन र प्रभावकारी परिणामका लागि पहिचान बनाउन सफल संस्था ई प्लानेट प्रा.लि. आजको मिति सम्म आइपुग्दा स्थानीय, क्षेत्रीय एवं राष्ट्रिय स्तर हुँदै हेरिटेज पेजेन्ट्स नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको सफल आयोजक तथा कुशल व्यवस्थापकका रुपमा स्थापित हुनका साथै अन्तर्राष्ट्रिय पुरस्कारको हकदार समेत बनेको संस्था हो ।