मलेशियन नागरिकको कुटाईबाट मैदीका मर्कुस तामाङको मृत्यु

574 पटक पढिएको

प्रकाशित मिति: १३ चैत्र २०७५, बुधबार २१:२३

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ चैत्र । बैदेशिक रोजगारीका लागि मलेसिया गएका धादिङका एक युवकको मलेशियन नागरिकको कुटाईबाट मृत्यु भएको छ ।
धादिङको ज्वालामुखि २ मैदी काफलपानी घर भएका का मर्कुस तामाङको मलेसियामा मृत्यु भएको हो ।

तामाङ ५ वर्षअघि देखि रोजगारीको सिलसिलामा मलेशियामा रहँदै आएका थिए । तामाङलाई शुक्रबार राती मलेशियन नागरिकले निर्घात कुटपीट गरि घाईते बनाएको त्यहाँ रहेका नेपालीहरुले वताएका छन् ।
कुटपीटपछि घाइते भएका तामाङलाई उपचारका लागि स्थानियबासीले एम्बुलेन्स मार्फत नजिकैको अस्पतालमा पु¥याएपनि उपचारको क्रममा उनको निधन भएको वताईएको छ । मर्कुुसको मृत्यु भएको पुष्टि भएपनि घटनाको थप बिबरण भने अझै आउन बाँकी रहेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१३ चैत्र २०७५, बुधबार २१:२३ मा प्रकाशित