भक्तपुरमा बर्डफ्लु फेला, ३ हजार संक्रमित कुखुरा नष्ट
850 पटक पढिएको

भक्तपुर । भक्तपुरमा पुनः कुखुरामा बर्डफ्लु फेला परेको छ । भक्तपुरस्थित सूर्यबिनायक नगरपालिका वडा नम्बर १ तर्खगालमा अवस्थित बहुउद्देश्य कृषि फर्मममा बर्डफ्लु भेटिएको हो ।कृषि फर्ममा बर्डफ्लु भेटिएको जानकारीसँगै उक्त फर्ममका २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको हो । फर्ममा कुखुरासहित १ सय पचास किलो दाना र अण्डा वैज्ञानिक तवरले नष्ट गरिएको पशु विद् डा चन्द्र ढकालले जानकारी दिए । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फर्मका कुखुरा नष्ट गर्ने काम भएको हो । फर्मममा रहेका कुखुरा, दाना र अण्डा नष्ट गर्न पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको टोली उक्त स्थानमा पुगेर फर्मका कुखुरा र दाना नष्ट गरिएको थियो ।
ढकालका अनुसार चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे छ । कृषि फर्म वरपर बर्डफ्लु नियन्त्रण गर्न किटनाशक औषधि प्रयोग गरिएको ढकालले जानकारी दिए ।भक्तपुरमा उपत्यकामा नै पहिलो पटक बर्डफ्लु फेला परेको थियो । थिमी नगरपालिका मनोहरा किनारमा रहेको सुकुमबासी बस्तीमा पहिलो पटक हाँसमा बर्डफ्लु फेला परेको थियो । यसका सथै भक्तपुरमा पाँच बर्ष पहिला पुरै जिल्ला नै बर्डफ्लु प्रभावित हुँदा लाखौं कुखुरा नस्ट गरिएको थियो ।तत्कालिन समयमा कुखुरा पालन ब्यवसायमा पहिलो नम्वरमा रहेको भक्तपुरमा बर्डफ्लुले संक्रमण भई जिल्ला भरका घरपालुवा कुखुरा समेत नष्ट गर्दा अधिकास किसान पेशाबाट नै विस्थापित भएका थिए । हाल पनि भक्तपुर कुखुरा पालन ब्यवसायमा नेपालमा नै दोस्रो नम्वरमा रहँदै आएको राजधानी डेलि डट कमले खबर लेखेको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७५, २२ चैत्र शुक्रबार ०६:३८ मा प्रकाशित