डिभोर्स गरेलगत्तै श्रीमानले काटिदिए श्रीमतीको जिब्रो

1042 पटक पढिएको

प्रकाशित मिति: २०७५, २२ चैत्र शुक्रबार २१:३७

सम्पादक: धादिङ न्यूज

(एजेन्सी)कसैको रिस निकै कडा हुन्छ । ठूलै ताण्डव मच्चाएर भए पनि त्यस्ता व्यक्तिहरू रिस मार्न पछि पर्दैनन् । पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि पनि रिस मरेन । उनले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका छन् ।

लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले पत्नीलाई तलाक दिएसँगै उनीमाथि आक्रमण गरेर जिब्रो काटिदिए ।हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँमा यो घटना भएको हो । ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । तर आरोपी फरार छन् । जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो । डिभोर्सपछि पनि यी दुईबीचमा विवाद चलिरहेको थियो । विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे । उनले आक्रमण गर्ने योजना बनाएरै गोजीमा कैँची लिएर भूपू ससुराली गएका रहेछन् । सोही कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो । – टिभि अन्नपूर्णबाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७५, २२ चैत्र शुक्रबार २१:३७ मा प्रकाशित