‘सरर मलेवा उडाउँदै’ आईपुगिन भावना दुवाडी

1665 पटक पढिएको

प्रकाशित मिति: २०७६, ८ श्रावण बुधबार २१:४६

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ । धादिङकी नवोदित गायिका भावना दुवाडी चर्चित लोक गायक विनोद भण्डारीको साथमा सरर मलेवा उडाउँदै तिज गित लिएर दर्शक माझ आएकी छिन । भावना स्वयंको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो भर्खरै सार्वजनिक भएको छ ।

पृथ्वी इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको सो गितमा विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको छ । ठेट नेपाली लोकलय रहेको तीज गीत सुनेर दर्शक श्रोताले भरपूर मनोरञ्जन लिन सक्नेछन । गीतको भिडियोमा भावना र प्रकाश सपुतले अभिनय गरेका छन भने निर्देशन स्मृति तिमल्सेना ‘गुरुआमा’को रहेको छ ।

भिडियो हेर्नुहोस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, ८ श्रावण बुधबार २१:४६ मा प्रकाशित