धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

4513 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ ।

भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धादिङ जिल्लाका १३ वटै स्थानीय तहका लागि करार सेवामा विभिन्न पदमा गरी १२९ जना कर्मचारी माग गरेको हो ।

प्राधिकरणले धादिङ जिल्लाको आयोजना कार्यान्वयन इकाई (भवन) मा सामाजिक परिचालक २५ जना नेपाल सरकार राजपत्र अनंकित प्रथम श्रेणी  (नायव सुव्वा सरह) र घुम्ती डकर्मी महिला २० र खुल्ला ८४ जना  नेपाल सरकार (कार्यालय सहयोगी ) पाँचौ तह सरह हुने गरि करार सेवाका लागी असोज २ गतेको मितिमा सूचना प्रकाशित गरि कर्मचारी माग गरेको हो ।

ईच्छृुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।