सुखद दाम्पत्य जीवनका लागि चुम्बन

3434 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सुखद दाम्पत्य जीवनका लागि पति–पत्नी नग्न भएर सुत्न फलदायी हुने एक अध्ययनले देखाएको छ । राति नग्न सुत्ने जोडीको दाम्पत्य जीवन मिठासपूर्ण रहने सो अध्ययनको निश्कर्ष छ ।

एक हजार ४ जोडीमा गरिएको सो सर्वेक्षणमा ५७ प्रतिशतले राति आफू नग्न भएर सुत्ने गरेको र दाम्पत्य जीवन निकै खुशीयालीपूर्ण रहेको बताएका थिए । यसको विपरीत पेन्टी वा अन्य कपडासहित सुत्ने गरेका जोडीले भने दाम्पत्य जीवनमा त्यति मिठास नरहेको प्रतिक्रिया दिएका थिए ।

सुखद दाम्पत्य जीवनमा सेक्स र चुम्बनको अहं योगदान रहन्छ । एक शोधका अनुसार आफ्नो वैवाहिक जीवन सुखी बनाउन चाहने दम्पतीले सातामा कम्तिमा तीन पटक सेक्स गर्नुपर्छ । करिब ३ हजार विवाहित व्यक्तिहरुमा गरिएको सर्वेक्षणले दाम्पत्य जीवन सुखी बनाउन दिनमा कम्तिामा ४ पटक आफ्नी पत्नी या आफ्नो पतिलाई चुम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै वैवाहिक जीवन सुमधुर बनाउन दैनिक कम्तिमा एक पटक आफ्नो पत्नी या आफ्नो पतिलाई ‘आइ लभ यु’ भन्न जरुरी छ । यस्तै सर्वेक्षणले यो कुरा पनि उजागर गरेको छ कि आफ्नो ‘पार्टनर’लाई दिनमा कम्तिमा ३ पटक अंगालो मार्नुपर्छ ।

यस बाहेक दाम्पत्य जीवन सुखी बनाउन महिनामा कम्तिामा दुई पटक आफ्नो पार्टनरसँग ‘रोमान्टिक डिनर’ गर्नुपर्ने उक्त सर्वेक्षणले देखाएको छ । दाम्पत्य जोडीले यी कुराहरु ब्यवहारमा लागू गर्दा वैवाहिक जीवन र पार्टनर खुशी हुने तथ्य शोधले उजागर गरेको छ ।

–एजेन्सी