भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने

1062 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । तपाईको नाम भुकम्प पिडितको अनुदान पाउने सूचीमा निस्किएको छ र पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएर पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका भुकम्प पिडितले घर वनाउन सहुलियत कर्जा पाउने भएका छन । तर यो सहुलियत कर्जा पाउन तपाई धादिङको नीलकण्ठ र धुनिबेसीका साथै गोरखाको गोरखा नगरपालिकाको वासिन्दा हुनु पर्नेछ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्स बीच गोरखा र धादिङ्ग जिल्लाका भुकम्प पिडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार काठमाण्डौंमा सम्झौता भएको छ ।

राष्ट्रिय पुनरनिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरका थिए ।

सम्झौता पछि २०७२ सालको भुकम्पले क्षति पु¥याएका धादिङ जिल्लाको धुनिवेशी र निलकण्ठ नगरपालिका गोरखा जिल्लाको गोरखा नगरपालिकाका नागरिकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा भुकम्प पिडित घर कर्जा लगानी गर्ने छ । सझौता पछि प्रदेश नम्बर २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा बैंकले सक्षमसंग मिलेर सामाजिक सुरक्षाको रकम भुक्तानी बैंक मार्फत गर्नको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने छ ।