श्रीमतीलाई साथीसँग यौन सम्बन्ध राख्न भनेपछि

3468 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एजेन्सी । समाज खुला बन्दै जाँदा अचम्म लाग्दा घटनाहरु बढ्दै जान थालेका छन् । आफ्नो साथीसँग यौन सम्बन्ध राख्न नमानेपछि एक श्रीमानले आफ्नै श्रीमतीमाथि गरेको बर्बरताको घटना सार्वजनिक भएको छ ।

मध्यरातमा साथीसँग सम्बन्ध बनाउन अस्वीकार गर्दा ती श्रीमानले पत्नीमाथि बच्चाकै सामु नग्न बनाएर कुटपिट गरेका थिए । त्यतिले मात्रै चित्न नबुझेर उनले श्रीमतीको यौनाङ्गमा रोटी बेल्ने बेलन घुसाइदिएका थिए ।

भारतको धनवाद बरबाअड्डा भन्ने स्थानमा यस्तो घटना भएको हो । साथीसँग सम्बन्ध बनाउन नमान्दा निर्मम तरिकाले यातना दिएपछि ती महिलाले नग्न अवस्थामै १ किलो मिटर भागेर आफ्नो ज्यान बचाएकी छिन् । कुटपिटबाट गम्भीर घाइते ती महिलाको अहिले उपचार भइरहेको छ । ती श्रीमानविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।

कसरी भयो घटना ? यस्तो छ महिलाले प्रहरीलाई दिएको बयान । बिहीबार राति अबेर उनका पति नशामा लठ्ठ भएर घरमा आएका थिए । उनीसँग उनका एक साथी सोनु नामका व्यक्ति पनि आएका थिए । घरमा पनि बसेर दुबैले घण्टौ रक्सी पिएका थिए । महिलाले भनिन्, ‘‘यस क्रममा म र बच्चा सुत्न गयौं । श्रीमानले करिब ३ बजे राति मलाई उठाउँदै भने, हिँड मेरो साथी सोनुसँग यौन सम्बन्ध राख ।’’

पीडित महिलाले थपेकी छन्, ‘‘पतिको यो कुराले म डरले काप्न थालें । मैले यसको विरोध गरें । उनको मागप्रति मैले विरोध जनाएपछि उनले मलाई कुटपिट गरे । यस क्रममा बच्चा पनि बिउँझिए । बच्चाकै सामु मेरा सबै कपडा फुकालेर फालिदिए । बेलनले पिटन थाले र मेरो गोप्य अंगमा बेलन घुसाइदिए ।

यो देखेर बच्चा रुन कराउन थाले। त्यसपछि उनलाई बच्चालाई लिएर दोस्रो कोठामा गएँ । यसबीच म त्यहाँबाट ज्यान बचाउनका लागि भागे । म यति डराएकी थिएँ कि नग्न अवस्थामै करिब १ किलोमिटर भागेर प्रहरी चौकीमा पुगें । मेरो हातल देखेर प्रहरी पनि अचम्मित बने । उनले मलाई तुरुन्त कपडा ओढाएर अस्पताल पुराए ।’’