गल्छी र थाक्रेका अपाङ्गता भएका व्यक्तिको आर्थिक सशक्तिकरणका लागि अचार बनाउने तालिम
383 पटक पढिएको
धादिङ,१३ बैशाख २०८२ । बागमती प्रदेश सरकारले धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिका लागि अचार बनाउने तालिम दिने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि अपाङ्गता भएका व्यक्तिका लागि नि:शुल्क तालिमको अयोजना गर्ने भएको हो ।
गुप्तेश्वरी अपाङ्गता संघले बुधबार एक सूचना जारी गर्दै दुवै गाउँपालिकाका इच्छुक अपाङ्गता भएका व्यक्तिलाई तालिममा सहभागि हुन आग्रह गरेको छ । सूचना जारी भएको मितिले ७ दिनभित्र तालिमका लागि आवेदन दिन समेत अनुरोध गरिएको छ ।
तालिम सञ्चालनका लागि बागमति प्रदेश सरकारले पाँच लाख बजेट उपलब्ध गराएको छ । गुप्तेश्वरी अपाङ्गता संघले समेत तालिमका लागि ५० हजार रकम छुट्याएको जनाएको छ ।
संघका अध्यक्ष राजु रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउनका लागि संघको पहलमा तालिम आयोजना हुन लागेको जानकारी दिए । उनले भने, ‘हामी उहाँहरुलाई तालिम दिने छौं । त्यसपछि उहाँहरुले बनाएको अचार हामी बजारसम्म पुर्याउने छौं ।’ तालिमबाट अपांगता भएका व्यक्तिहरु आर्थिक रुपमा सबल हुनेमा आफू विश्वस्त रहेको समेत अध्यक्ष रेग्मीले बताए ।








Good https://is.gd/N1ikS2
Awesome https://is.gd/N1ikS2
Very good https://rb.gy/4gq2o4
Very good https://t.ly/tndaA
Good https://t.ly/tndaA
My brother recommended I mayy lioe this blog. He was totally right.
This post truly made my day. Youu cann’t
cconsider simnply hhow a lot time I hhad spent foor tthis info!
Thanks!
My web-site; xxx missav