बिद्यार्थीको पढ्न पाउने हक हनन नगर्न सर्वोच्च अदालतको आदेश
367 पटक पढिएको
काठमाण्डौं ११ बैशाख – देशभरका बालवालिकाको नियमित रुपमा पढ्न पाउने हक हनन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा उक्त आदेश दिएको हो। साथै कक्षा १२ को परीक्षा नसार्न पनि आदेशमा भनिएको छ।
आदेशमा शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न भनिएको छ।
‘आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्ड परीक्षा समयमा नभई लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेको औंल्याउँदै परीक्षा नसार्न र तोकिएकै समयमा गर्न भनेको छ।












Awesome https://t.ly/tndaA