विनाशकारी गोरखा भुकम्प गएको आज १० बर्ष पुग्यो
772 पटक पढिएको
काठमाडौँ ,वैशाख १२ । सम्झंदा पनि आङ्ग जिरिङ्ग हुने२०७२ सालको बैशाख १२ गतेको विनाशकारी भूकम्प गएको आज १० बर्ष पुगेको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्याएको थियो । सो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सो दिनको स्मृतिमा शुक्रवार भूकम्प स्मृति दिवस मनाइदैछ ।
भुकम्पबाट धादिङमा ६९ अर्बको क्षति
बैशाख १२ को भुकम्पबाट धादिङमा ८३ हजार ४१ घरहरु क्षति बनाएको थियो । ७सय ४ जनाले ज्यान गुमाएका थिए भने ज्यान गुमाउनेमा १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका थिए । १ हजार ३ सय ९३ जना जना घाइते भएका थिए । भुकम्प कारण जिल्लाका ८८ हजार ५ सय ४१ घरधुरीमा क्षति पुगको थियो । ती मध्ये ८१ हजार ३ सय १३ घर पुर्ण रुपमा ध्वस्त भएका थिए । ३ हजार ९४ घरधुरीमा आंशिक क्षति पुगेको थियो । ४ हजार १ सय ३४ घरमा सामान्य क्षति भएको र ३७ हजार ३ सय ६९ वटा गोठहरुमा क्षति पुगेको थियो ।
अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई बिर्साउने गरी वैशाखमा गएको उक्त विनासकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइँदै छ ।
गोरखा भूकम्पबाट ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।
सो भूकम्पले करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको अनुमान सरकारले गरेको थियो । तर, सरकार र नागरिक तह दुवैले भूकम्पबाट जोगिन प्रभावकारी काम नगरेको पुष्टि गत कार्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको उक्त भूकम्पले पश्चिमको १३ जिल्लालाई असर पार्यो । १५३ जनाको ज्यान गयो भने ३६४ जना घाइते भए ।
सरकारले भूकम्प गएको महिनौं दिनसम्म पनि पीडितका लागि राहत सामग्री पुर्याउन सकेन भने चिसोका कारण थप मानिसले ज्यान गुमाए । भूकम्पको ६ महिना पुग्न लाग्दा समेत पीडितका लागि स्थायी आवास निर्माणका प्रक्रिया सरकारले अगाडि बढाउन सकेको छैन । नेपाल भूकम्पीय जोखिममा ११ औं स्थानमा पर्छ भने काठमाडौं उपत्यका विश्वमै पहिलो नम्बरमा जोखिम भएको स्थान हो ।








Awesome https://is.gd/N1ikS2
Good https://rb.gy/4gq2o4
Good https://t.ly/tndaA
Awesome https://t.ly/tndaA
j43jfc
You should bee a part off a contewt ffor oone of thhe best bloogs oon tthe internet.
I wll recimmend thiis web site!
Here iss my blo :: xnxxtube.win
Very good https://lc.cx/xjXBQT