मुक्तिनाथ बैंकले सेयरपुँजीको १८.५३ लाभांश दिने

1404 पटक पढिएको

प्रकाशित मिति: २०७६, ११ कार्तिक सोमबार ११:१७

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ- मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १८.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको  बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्त पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ र बैंकको १२ औँ वार्षिक साधारणसभाबाट पारित भई हाल निष्कासनका क्रममा रहेको २० प्रतिशत हकप्रद सेयर रकम ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँसमेत गरी जम्मा सेयरपुँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार १४८ रुपैयाँको १८।५३ प्रतिशतले हुन आउने ६८ करोड १३ लाख ४४ हजार ५६६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशअनुसार बैंकले १७।६० प्रतिशतले हुन आउने ६४ करोड ७२ लाख ७७ हजार ३३८ रुपैयाँबराबरको बोनस सेयर र ०।९३ प्रतिशतले हुन आउने ३ करोड ४० लाख ६७ हजार २२८ रुपैयाँबराबरको नगद लाभांश (बोनस कर प्रयोजनका लागि) रहेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, ११ कार्तिक सोमबार ११:१७ मा प्रकाशित