गल्छी,नेत्रावती र त्रिपुरासुन्दरीमा माघे संक्रान्तिलाई सार्वजनिक विदा

1959 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको तीन वटा स्थानीय तहले माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विभिन्न जाती र समुदायले परम्परागतरुपमा फरक फरक ढंगबाट मनाउँदै आएको माघी पर्वलाई लक्षित गरि धादिङको गल्छी,नेत्रावती डवजोङ र त्रिपुरासुन्दरी गाउँपालिकाले आफ्नो पालिकामातहत रहेका सरकारी कार्यालय, शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिएको सूचना जारी गरेका छन् ।

मकर सङ्क्रान्ति, माघी नामले चिनिने यो पर्व मगर समुदायले नयाँ वर्षको रुपमा परम्परादेखि नै मनाउँदै आएका छन् ।

नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यका अनुसार माघ १ गते स्थानीय समुदायका लागि निकै महत्वपूर्ण दिन भएकाले सार्वजनिक बिदा दिने निणर्य गरिएको हो ।