नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि

1103 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोविद–१९) को संक्रमण हुनेको संख्या थपिंदै गएको छ ।

नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको छ ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि बुधबार कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए।  दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको थियो। अहिले उनी टेकु्स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।  सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो।

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न समेत आग्रह गर्नुभएको छ ।