लकडाउन आगामी वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

818 पटक पढिएको

प्रकाशित मिति: २०७६, २४ चैत्र सोमबार १७:५६

सम्पादक: धादिङ न्यूज

 

 

डिन्यूज डेलि

काठमाडौं– दुई साथता देखि जारी रहेको लकडाउनको अवधि आगामी २०७७ साल वैशाख ३ गतेसम्म थप गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब एक साताका लागि लकडाउनको अवधि थप गरेको हो ।

सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गते राती १२ वजे सम्मको लागि थप सात दिन लकडाउनको अवधि लम्ब्याएको थियो ।

कोरोना महामारीको संक्रमण स्थानीय व्यक्तिमा पनि सरेपछि थप सजगता अपनाउन शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशबाट प्रदेश, जिल्लाबाट जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा समेत कडाई गर्ने निर्णय समेत गरेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, २४ चैत्र सोमबार १७:५६ मा प्रकाशित