नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

1524 पटक पढिएको

२४ चैत्र २०७६, सोमबार १८:२३ सम्पादक: धादिङ न्यूज

डिन्यूज डेलि
काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्।

मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले आगामी पाँच वर्षका लागि अधिकारीलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए।

अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित तीन जनालाई सिफारिस गरेको थियो । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासँग सपथ लिएर कार्यभार सम्हाल्ने छन्।

राष्ट्र बैंकमा नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नोट आगामी वर्षदेखि बजारमा आउने गर्छ । राष्ट्र बैंकको इतिहासमा गभर्नर नबनेपनि कामू गभर्नरको रुपमा कृष्णबहादुर मानन्धरले नोटमा हस्ताक्षर गरेका थिए ।