धादिङका एम्बुलेन्स चालक भन्छन ‘एउटै पिपिई कति दिन लगाउने”

1464 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङ जिल्लाका एम्बुलेन्स चालकहरुले लकडाउन शुरु भएको दुई साता विति सक्दा पनि एउटै पिपिई सेट लगाएर काम गर्नु परेको दुःखेसो गरेका छन ।

जुनसुकै बेला विरामी संग नजिक हुनुपर्ने एम्बुलेन्स चालकहरु आंफै अुसरक्षित भएर काम गर्नुपरेको संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरीले वताउनु भएको छ ।
कोरोना भाईरस संक्रमणको जोखिमसंग नजिकको दुरीमा काम गर्ने एम्बुलेन्स चालकहरु पनि हुन भनेर उनिहरुको व्यक्तिगत सुरक्षाका लागि जिल्लामै प्राप्त श्रोत साधन प्रयोग गरि संस्थाले जिल्लाभरका एम्बुलेन्स चालकलाई एक एक सेट पिपिई उपलव्ध गराएको अध्यक्ष ठकुरीले बताउनु भयो ।

दुईसाता भईसक्दा पनि एउटै पिपिई लगाएर मोटर चलाउनु पर्दा जुनसुकै बेला आंफुहरु माथि संक्रमणको खतरा रहेको भन्दै अध्यक्ष ठकुरीले जिल्लाभरका एम्बुलेन्स चालकका लागि कम्तिमा दुई सेट पिपिई आवश्यक रहेको भन्दै सहयोगका लागि आग्रह गर्नु भएको छ ।

धादिङका एम्बुलेन्स चालकहरुले आफ्नै खर्चमा साधारण पिपिई सेट तयार पारी लगाईरहेका छन् । यति बेला जिल्लाका सवै स्वास्थ्य संस्थामा कामगरिरहेका स्वास्थ्यकर्मी, त्यहाँका कर्मचारीलाई ब्यक्तीगत सुरक्षाको व्यवस्था भएको छ तर एम्बुलेन्स चालकको सुरक्षामा धेरैको ध्यान पुग्न नसकेको चालकहरुको गुनासो छ ।

एउटा पिपिई लगाएर एक दिन भन्दा धेरै काम गर्न नहुने मान्यता भएपनि एम्बुलेन्स चालकहरु दुई साता सम्म एउटै पिपिईक लगाउन बाध्य हुनु परेको अध्यक्ष ठकुरीले वताउनु भयो । चालक सुरक्षित नभए बिरामी र अरु मानिसपनि असुरक्षित हुने भएकाले सम्वन्धित निकायले सोच बिचार गरिदिनु पर्ने उनिहरुको आग्रह छ । जिल्लामा अहिले ४५ भन्दा बढि एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।