सोमबार राती सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ३७५
765 पटक पढिएको

धादिङ- सोमबार धादिङ लगायत विभिन्न जिल्लामा गरि ८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । राती अबेर सम्ममा नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०.१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। यस अघि सोमबार दिउँसो धादिङ,रौतहट,बारा लगायतका जिल्लामा पनि संक्रमित भेटिएका थिए ।
सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।
धादिङमा अहिले सम्म ३ जना संक्रमित भेटिएका छन् । ति मध्ये नेत्रावती डबजोङका उरवहादुर तामाङ निको भएर घर फर्किसकेका छन । गल्छी गाउँपालिका ८ की ३० बर्षिया महिलाको पाटन अस्पतालको आईसोलेशन कक्षमा उपचार भईरहेको छ । सोमबार मात्रै थांक्रे ७ का ४० बर्षिय पुरुषमा संक्रमणको पुष्टि भएको थियो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७७, ६ जेष्ठ मंगलवार ०६:२२ मा प्रकाशित