धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

1565 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ ।

साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने सम्भावनालाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरेकाे प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेलले बताउनुभएकाे छ ।

धादिङमा काेराेना संक्रमण हुनेकाे संख्या १ सय ६५ पुगेकाे छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी पाैडेलले बताउनुभयाे । निषेधाज्ञा कालुपाण्डे मार्गको मलेखु धादिङबेसी खण्ड, निलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७ ८, १२ र १४ का क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । यसैगरी, त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रका सबै बैङ्क, वित्तिय संस्था, होटल, शैक्षिक सस्था, बन्द गराउने गरि निषेधाज्ञा जारि गरेकाे हाे ।