धादिङ त्रिपुरासुन्दरीका पिटर थापालाई बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

2342 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन ।

यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो । थोरैमात्र नेपालीले यो तरबार प्राप्त गर्न सकेका छन् । जानकारका अनुसार थापा नै नेपाली सेनाका तर्फबाट यस्तो प्रतिष्ठित अवार्ड पाउने पहिलो अधिकृत हुन पुगेका छन्।

हरेक बर्ष नेपाली सेनाले आफ्नो सैनिक महाविद्यालय खरिपाटीमा अधिकृत क्याडेट तालिममा प्रथम हुने अधिकृतलाई सेकेण्ड लेफ्टिनेन्टको फूली लगाएपछि बेलायतको स्याण्डहस्र्टमा थप सैनिक कोर्स लागि पठाउने गर्दछ ।

इतिहासमै पहिलोपल्ट बेलायती सेनाको स्वर्ड जित्न सफल भएका अधिकृत पिटर थापा धादिङ जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३, तल्लो पोखराका हुन् । उनी दुई बर्ष अघि मात्र सैनिक सेवामा प्रवेश गरेका थिए।- गण्डक न्यूजबाट 

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्ः

https://www.facebook.com/RoyalMilitaryAcademySandhurst/videos/1314094822301198