ज्वालामुखीमा मेगा बैंक संग सहुलियत कर्जा सहकार्य सम्बन्धी सम्झौता

2251 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–मेगा बैंक लिमिटेड र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सो सहकार्य सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रवहादुर खत्री र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत समिर वादे श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पछि गाउँपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ । गाउँपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ । ज्वाालामुखी गाउँपालिकामा मेगा बैक संगको सहुलियतपूर्ण कर्जा कार्यक्रम सम्झौता हस्ताक्षर भएको मितिले दुई बर्ष सम्म कायम रहनेछ ।

स्थानिय बासिन्दाको आर्थिक गतिविधिमा सहयोग पु¥याउने लक्ष्यका साथ धादिङको ज्वालामुखी गाउँपालिका र मेगा बैंक बिच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको हो । कार्यक्रम अन्र्तगत महिला उद्यमशिलता तर्फ अधिकतम १५ लाख सम्म र अन्य उद्यमीको हकमा माग अनुसार ऋण लगानी हुनेछ ।

ज्वालामूखी गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवद्र्घन तथा गाउँपालिकाको उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँपालिकाबासीलाई सहुलियतपूर्ण कर्जाको विधि भित्र रहेर ऋण लगानी गरिने मेगा बैंकका एसएमई कर्जा प्रमुख भट्टराईले धादिङ न्यूजलाई बताउनुभयो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानियको आर्थिक विकासमा योगदान दिन बैंक तयार रहेको भट्टराईले जानकारी दिनुभयो ।