समाचार प्रभाव – सहयोग जुट्न थाल्यो संरक्षक गुमाएका बालबालिकाका लागि

1015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाटरोराङ- संरक्षक गुमाएपछि बिचल्लीमा परेका खानीगाउँका ८ बालबालिका शिर्षकको समाचार पढेर ति बालवालिकालाई सहयोग गर्न दाताहरु इच्छुक देखिएका छन ।


धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत ८ जना बालवालिकाले भोगिरहेको कष्टकर अवस्थाका वारेमा २०७७ माघ १४ गते धादिङ न्यूजले समाचार प्रकाशित गरेको थियो ।

बालबालिकाले भोगिरहेको पिडादायी अवस्थालाई उजागर गरिएको उक्त समाचार पढेपछि विभिन्न स्थानबाट सहयोग गर्न चाहनेहरुले धादिङ न्यूज सँग सम्पर्क गरिरहेका छन ।

यसैक्रममा बालवालिकाको हितका निम्ति काम गरिरहेको हिमालय च्यारिटीज नेपाल (एचसिसि)ले धादिङ स्थित फण्डकिड नेपाल संस्था संग समन्वय गरि संरक्षक विहिन बालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री, खाद्यान्न सहयोग उपलव्ध गराएको छ ।

एचसिसिका मनमाया रावल, दिनेशराज सापकोटा, लक्ष्मी कार्की सहितको टोली सोमबार बिद्यालय र बालवालिकाको घरमै पुगेर पहिलो चरणको सहयोग हस्तान्तरण गरेका हुन ।


संस्थाका प्रतिनिधि मनमाया रावलका अनुसार पहिलो चरणमा संरक्षक गुमाएका वालवालिकालाई भेटेर उनिहरुको अवस्था जानकारी लिनुका साथै शिक्षक र सम्वन्धित अभिभावकसंग भेटगरि उनिहरुका लागि गर्न सकिने सहयोगका बिषयमा छलफल गरिएको छ । छलफल पछि ति बालवालिका र बिद्यालयमा अध्ययनरत अरु वालिकाको लागि पनि केही सहयोग गर्न संस्थाले पहल थालेको छ ।


एचसिसिले सोमबार संरक्षक गुमाएका ८ जना बालवाविलकालाई न्यानो कपडा, कापी कलम दिनुका साथै खानाका लागि ५ हजारका दरले नगद सहयोग गरेको रावलले धादिङ न्यूजलाई वताउनुभयो ।