ल्होछारमा सेर्तुङमा म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम हुंदै

1955 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- रुवीभ्याली गाउँपालिकामा राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५७ सोनाम ल्होछार लाङ (म्हे) “ल्हो” गाई बर्गको अबसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ।

बिशेष गरि तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि रुवीभ्याली गाउँपालिका प्रतियोगिता लगाएत सास्कृतिक कार्यक्रमको तयारी गरिएको छ। यहि आउदो माघ ३० गते देखि शुरु हुन लागेको उक्त कार्यक्रम फाल्गुन २ गते सम्म हुनेछ।

“संस्कार र संस्कृतिको पहिचान,पहिचानलाई जगेर्ना रुवीभ्यालीको अभियान” भन्ने मुल नारा बोकेको गाउँपालिकामा गाउँपालिकाको ब्यबस्थापन आर्थिक सहयोग, सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको आयोजना तथा नमस्ते च्याम्र युवा समाज सेर्तुङको सह आयोजनामा हुन लागेको कार्यक्रमको तयारी तिब्र गतिमा भैइरहेको छ। पुर्ब गृहमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा रुवीभ्याली गाउँपालिका अध्यक्ष चेरुङ तामाङ,उपाध्यक्ष बिना तामाङको उपस्थिति रहने छ।

तीन दिनसम्म हुने उक्त प्रतियोगितामा लामा नाच,झाक्री नाच,म्हानेदोरा नाच,डोका नाच,मारुनी नाच ताबु नाच,बोमोसोमो, साईखोले लगाएत गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता सनेत हुनेछ। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु म्हेन्दोमाया किङ सागर एस वाइबा,म्हेन्दोमाया कलाकार संघ नेपालक केन्दिय अध्यक्ष तथा तामाङ नायक, नृत्य निर्देशक राज किङ वाइबा, बिकल तामाङ,आरम्भ तामाङ,रोज गोम्जा, देव थोकार,छिमी मम्बा तामाङ लगाएतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको मिडिया पार्टनरको रुपमा मुग्लानी खबर डट कम,तामाङ आवाज,पिटि अनलाइन न्युज र ताम्सलिङ टिभी च्यानल रहेका छन् ।