बिष्णु ठकुरी र अनुमती नेपालीको मनै फाट्यो नि

1657 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिईएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन् ।

कोरोना भाईरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरा सँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाईएको छ । गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ।

भिडियो धादिङको विभिन्न स्थानमा छाँयाकन गरिएको छ । गीतको भिडियोमा उदयराज शर्माको छायाँकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् । रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सँगित र सँगित सँंयोजन रहेको छ ।

भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२।१ मेगाहर्ज रहेको छ । भिडियो सिने सँगालो नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्।।।