बिशालटारको चन्द्रोदय माविमा बिद्यार्थीलाई अमानवीय व्यवहार

2117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बेनिघाटरोराङ -धादिङ ।  बालमैत्री तथा भयरहित बाताबरणमा गुणस्तरीय शिक्षा दिने जिल्लाकै नमूना बिद्यालय भनेर चिनिएको धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बिशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५० जनाभन्दा बढी विद्यार्थी लाई अनुशासन कायम गराउन भन्दै बिद्यालय प्रशासनले जबरजस्ती कपाल काटिदिएदिएर अमानवीय व्यवहार प्रदर्शन गरेको छ ।

आफूहरुले कुनै गल्ती नगर्दा पनि जबरजस्ती कपाल काट्न खोजेपछि नमान्दा आंफुलाई चोट लगाएर बिद्यालयले कपाल काटिदिएको कक्षा ९ मा अध्ययनरत जेनिश त्रिपाठीले वताए । जबरजस्ती गर्दा त्रिपाठीको आँखामा चोट लागेको छ । चोटका कारण आँखा सुन्निएको छ ।विद्यार्थीको कपाल काट्ने क्रममा केही विद्यार्थीहरुको टाउकोमा घाउ भएको छ ।

विद्यार्थीहरुलाई विद्यालयले ०७७ फागुन २० गते १ सय ५० विद्यार्थीको मुण्डन गरिदिएपछि घरमा गएर कपाल मिलाएर काटेर आउन भनिएको र आफूहरुले विद्यालयलाई अनुसासनमा राख्न यस्तो आग्रह गरिदिएको विद्यालय व्यवस्थापनमा खटिएका निर्माण समितिका प्रकाश विसुरालले बताउनुुभएको छ ।

कपाल काट्न आनाकानी गर्ने ५० जना विद्यार्थीलाई कुटपिट समेत गरेको र आफूहरुलाई अमानविय व्यवहार गरेको पीडित त्रिपाठीले खबर सार्वजनिक गर्न फागुन २२ गते संचारकर्मीहरुलाई टेलिफोन मार्फत आग्रह गर्नुभएको छ ।

शिक्षक रमेश रेग्मी र प्राधानाध्यापक रामेश्वर पोखरेलले १ सय ५० विद्यार्थीको जबरजस्ती कपाल मुण्डन गरिरिदिएको पिडित बिद्यार्थीहरुले वताएका छन् । प्रधानाध्यापक र शिक्षकहरुले जवरजस्ती कपाल काट्न थालेपछि त्यसो नगर्न आग्रह गर्ने ५० जना बिद्यार्थीलाई शिक्षकहरुले कुटपिट गरेको बिद्यार्थीहरुले बिद्यार्थीहरुले गुनासो गरेका छन् । प्रधानाध्यापक र शिक्षक मिलेर ५० जना विद्यार्थीलाई कुटपिट गरिएको पीडित विद्यार्थीले टेलिफोनबाट जानकारी दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक रामेश्वर पोखरेलले विद्यालयले अनुसासन कायम गर्न केही विद्यार्थी कपाल लाई कपाल काटेर आउन भनेको बताउनु भयो ।  कपाल काट्ने नाममा कुनै अमानवीय घटना नभएको प्रधानाध्यापक पोखरेलले दावी गरेपनि कपाल काट्दा टाउकोमा घाउ भएका देखि विगारेर काटेको कपाल सहितको तस्बिर बिद्यार्थीले सञ्चारमाध्यमलाई उपलव्ध गराएका छन । सञ्चारमाध्यममा आएको आरोपहरु  झुटा भएको सत्य नभएको भन्दै बिद्यालय प्रशासनबाट भएका गल्तीको प्रधानाध्यापक पोखरेलले वचाउ गर्नु भएको छ ।

जिल्लामा नमूना बिद्यालयका रुपमा चिनिएको चन्द्रोदय माविमा भएको उक्त कार्य अमानवीय भएको भन्दै सर्वत्र विरोध भएको छ । बिद्यार्थीलाई अनुशासन कायम गराउने नाममा यातना दिने, गाली वेइज्जत हुने कार्य गर्ने, सार्वजनिक रुपमा अपमानित हुने गतिविधि हुनु सभ्य समाजका लागि नसुहाउने भन्दै अहिले सामाजिक सन्जालमा उक्त कार्यको निकै विरोध भईरहेको छ ।