घरमै बसेर होली मनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

1715 पटक पढिएको

१२ चैत्र २०७७, बिहीबार १२:१४ सम्पादक: धादिङ न्यूज

धादिङ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुनः बढ्दै गएकोले होली पर्व घरमै बसेर मनाउन सर्वसाधरणलाई अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले देशैभर संक्रमितको संख्या बढ्दै गएकोले संक्रमणको थप जोखिम पनि बढेको भन्दै घरमै बसेर होली मनाउन अनुरोध गर्नुभएको हो । यसपटकको होली अर्थात फागु पूर्णिमा पहाडमा चैत १५ गते र तराईमा १६ गते मनाइदै छ।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना बिफिङका क्रममा सहप्रवक्ता अधिकारीले अधिकारीले भने, ‘यस वर्षपनि कोरोना केही कम भएपनि केही दिनयता संक्रमणको संख्या उकालो लागिसकेको छ। यस समयमा संक्रमण संख्या र जोखिम पनि बढ्दै गएको छ। त्यसैले होली घरमै मनाउनु हुन र अनावश्यक भीडभाड नगर्नु हुन स्वास्थ्य सबैमा हार्दिक अनुरोध गर्दछ।’

कोरोना संक्रमितको संख्या बढेसँगै सबै तहतप्काका व्यक्ति र क्षेत्रका व्यक्तिहरुलाइ सावधानी अनाउन र अनावश्यक भीडभाड नगर्न जोड दिएको पनि उहाँले बताउनुभयो ।