धादिङ र नुवाकोटमा गरी एनसीसी बैँकको ५ वटा शाखा एकै दिन सञ्चालनमा

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल क्रेडिट एण्ड कर्मस बैक अर्थात एनसीसी बैँकले धादिङ र नुवाकोटमा गरी ५ वटा शाखा एकै दिन सञ्चालनमा ल्याएको छ । बिहिबार धादिङको ताल्ती ,चरौँदी, मझिमटार, धार्के र नुवाकोटको कोल्पुटारमा बैकको शाखा सञ्चालनमा आएको हो ।

अहिले सम्म कुनै पनि बैकको रोजाईमा नपरेको बेनिघाटरोराङ गाउँपालिकाको ताल्तीमा पहिलो पटक निजी क्षेत्रको वाणिज्य बैकको शाखा खुलेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

बिहीवार खुलेका शाखा समेत गरी देशभर एनसीसी बैँकको शाखा १३३ वटा पुगेको छ ।

बैँकले जेष्ठ नागरिक सुरक्षा खाता, सेयरधनी बचत खाता, नागरिक बचत खाता, कर्मचारी बचत खाता, बाल सुरक्षा, महिला सुरक्षा लगायतका खाताहरु सञ्चालन गरेको छ । बैँकले मोबाईल बैँकिङ, ईन्टरनेट बैँकिङ लगायतका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।