कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थाल्यो अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

666 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाैं : गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको भन्दै अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो।

पहिलो र दोस्रो लहरका बेला संक्रमितको उपचार गर्न सूचीकृत भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा फेरि सूचीकरणको प्रक्रिया थाल्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

हाल संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा अस्पतालका बेडहरु भरिँदै गइरहेको भन्दै मन्त्रालयले तेस्रो लहरका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजहरूमा आवश्यक व्यवस्थापन गर्न भनेको छ।

गृहमन्त्रालयले सूचना जारी गर्दै आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजलाई सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको पत्रपछि सचिव स्तरीय निर्णयबाट देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै निर्देशन दिइएको हो।

गृहमन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरू र मेडिकल कलेजहरू सूचीकृत गर्ने, अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउने, सूचीकृत अस्पतालहरूमा संक्रमितहरूको तथ्यांक र विवरण दैनिक रूपमा अनिवार्य अध्यावधिक गर्न लगाउने निर्देशन दिएकाे छ।

  • थाहा खबरबाट