विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या नेपालमा एक वर्षमा सात हजार ११७ जनाले गरेआत्महत्या

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जेनेभा, २५ भदौ – विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार मानिसले आत्महत्या गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य स्वास्थ्य समस्या बनेको छ ।

आत्महत्या नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संगठन (आइएएसपी) ले सर्वप्रथम सन् २००३ मा यो दिवस मनाएको थियो । प्राध्यापक इरविन रिंगेल र डा. नोरम्यान फ्यावरलोले सन् १९६० मा अस्ट्रियाको राजधानी भियनामा आइएएसपी स्थापना गरेका थिए । आत्महत्या रोक्न प्रतिबद्ध यस गैरसरकारी संगठनमा ७७ देशका विज्ञ र स्वयंमसेवक छन ।

 

विश्वमा हरेक वर्ष  विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उदेश्य हो । आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउछन् ।

यसै गरी आत्महत्या रोकथामका लागि कार्यक्रम संचालन गरिरहेका भए पनि नेपालमा बर्सेनि आत्महत्या बढ्दै गएको  छ ।
एक वर्षमा सात हजार ११७ जनाले आत्महत्या गरेको मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्की बताउनुहुन्छ ।

कार्कीका अनुसार एक वर्षको फरकमा ५.५८ प्रतिशतभन्दा बढीले आत्महत्या गरेका पाइएको छ । सरकारी तथ्यांकअनुसार नेपालमा आर्थिक वर्ष २०७७/०७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेका छन्, जबकि  आव २०७६/०७७ मा छ हजार २४१ जनाले मात्र आत्महत्या गरेका थिए ।

२०७५/०७६ मा  पाँच हजार ७५४ जना, २०७४/०७५ मा  पाँच हजार ३१७ जना र आव २०७३/०७४ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेको पाइएको छ ।

सरकारले दिगो लक्ष्य हासिल गर्नका लागि सन् २०३० सम्म आत्महत्याको दर ४.७ मा झार्ने बताइरहँदा नेपालमा दैनिक १६ जना मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक आएको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिमा आत्महत्याको सोच र योजना हुने गरेको पाइएको छ । मृत्युका कारणमध्ये १.४ प्रतिशत आत्महत्या हुने गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले आत्महत्याको रोकथाम गर्नका लागि कार्यक्रम संचालन गरे पनि परिणाम निस्कन नसकेको बताउनुभयो  ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. आरपी बिच्छाले २०० भन्दा बढी शय्या भएका १३ वटा अस्पतालमा १० शय्याका दरले मानसिक रोगीका लागि बनाउन थालिएको बताउनुहुन्छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का नेपाल प्रमुख डा. राजेश संभाजिराव पाण्डवले नेपालले आत्महत्याको रोकथाम गर्न नसक्ने हो भने नसके दिगो विकासका लक्ष्य र डब्लूएचओको विश्व मानसिक स्वास्थ्य कार्ययोजना हासिल गर्न नसक्ने बताउनुभयो  ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सरकारले आत्महत्या रोकथाम गर्नका लागि प्रयास गरिरहेको भए पनि परिमाण भने नआएको बताउनुहुन्छ । विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

१० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । यस्तै २.३ प्रतिशत वयस्कमा र ०.६ प्रतिशत किशोरकिशोरीमा उदासीनताको समस्या देखिएको र ३.९ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइएको मन्त्रालयले सार्वजनिक गरेको अध्ययनमा देखाइएको छ ।

१.१ प्रतिशत वयस्क र ०.७ प्रतिशत किशोरकिशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ ।

विश्वमा बर्सेनि एक करोड ६० लाख जनाले आत्महत्या गर्ने गरेका छन् । झण्डै ९५ प्रतिशत व्यक्तिहरू, जसले आत्महत्याको प्रयास वा आत्महत्या गर्छन्, उनीहरुमा मानसिक समस्या रहेको बताइएको छ ।

  • न्यूज कारखानाबाट