नेकपा एमाले वागमती प्रदेश कमिटीमा धादिङका ३१ जना, सचिवमा खेम लोहनी

1494 पटक पढिएको

१४ आश्विन २०७८, बिहीबार २१:३८ सम्पादक: धादिङ न्यूज

धादिङ। नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पहिलो पटक हुन गईरहेको पार्टीको विधान महाधिवेशनको पूर्वसन्ध्यामा एमालेले वागमती प्रदेश कमिटीमा पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो ।

दोलखाका आनन्द पोखरेल अध्यक्ष र धादिङका खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटीमा धादिङ जिल्लाका ३१ जना समेटिएका छन ।

जगन्नाथ नेपाल,जानुका सिम्खडा,डा,रामकुमार अधिकारी, नेत्रराज पौडेल, भूमि त्रिपाठी, रामप्रसाद अधिकारी, रामहरी अधिकारी, कान्छा लामा तामाङ्ग,उद्धव लुईटेल,गंगादेवी श्रेष्ठ, बलराम ढुंगाना,ईन्द्रबहादुर श्रेष्ठ,कृष्णबहादुर लामा, उमा सिंखडा, जगन्नाथ शर्मा, धनबहादुर घले,इन्द्र कुमार तामाङ, मंग तामाङ, इश्वरी अधिकारी, देवप्रसाद त्रिपाठी, क्रान्ती बुर्लाकोटी, ध्रुब शर्मा रुपाखेती, शम्भु थापा, ध्रुब वि।क।, नरेश खतिवडा,उमेश थापा, अर्जुन श्रेष्ठ, गीरीराज कंडेल, बाबुकृष्ण श्रेष्ठ, हेम थापा तामाङ रहेका छन ।

प्रदेश कमिटीका सदस्यहरुले विधान महाधिवेशनमा भाग लिन पाउनेछन् ।

नेकपा एमाले वागमती प्रदेश कमिटी गठन पछि कार्यकर्ता तहमा उत्साह थपिएको छ । कमिटीमा समेटिएका सदस्यहरुबाट पार्टी संगठन अझै बलियो बन्ने र एकताको सन्देश प्रवाह भएको भन्दै कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत ख्ुसी व्यक्त गरेका छन् । कमिटीमा नेकपा विघटन पछ माओवादी केन्द्रबाट एमालेमा आएका देखि एमाले विभाजन अघि समानान्तर गतिविधिमा सक्रिय रहेकाहरु समेत रहेका छन् ।