कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा धादिङका खेमबहादुर पाठक

591 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा धादिङ ज्वालामु्खीका खेमबहादुर पाठक निर्वाचित हुनु भएको छ । काठमाण्डौंमा सम्पन्न संघको चौधौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

अधिबेशनबाट कृष्णबाबु श्रेष्ठ, हरि पौडेल, पूर्ण शर्मा, मीना ढकाल र चाँदनी ढकाल संघको कार्यसमितिमा निर्वाचित हुनु भएको छ । त्यसै गरी चाँदनी ढकाल, खगेन्द्रराज भण्डारी, रामकुमार महतो र धर्मसिङ कुँवर, गीता केसी, अञ्जु पौडेल, हरि बस्नेत, रामप्रसाद रेग्मी, पदम खनाल र देवबहादुर केसी पनि कार्यसमितिमा निर्वाचित हुनु भएको वताईएको छ ।

देशभर छरिएर रहेका साना किसान कृषि सहकारी संस्थाहरूको छाता संगठनको रूपमा २०६४ सालमा नेपाल कृषि सहकारी केन्द्रीय संघको स्थापना भएको हो । नेपाल कृषि सहकारी केन्द्रीय संघले आफ्ना सदस्य संस्थाहरूलाई कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुर्‍याई गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सदस्यहरुको हितमा निरन्तर कृयाशिल रहने अध्यक्ष पाठकले धादिङ न्यूजलाई बताउनुभयो ।
पाठक साना किसान लघुवित्त संस्था लि.को अध्यक्ष समेत हुनुहुन्छ ।