२०७९ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (सूचीसहित)

1509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०७९ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक  भएको छ । गृह मन्त्रालयले २०७९ सालमा दिइने सार्वजनिक बिदा राजपत्रमा प्रकाशित गर्दै बिदाको सूची सार्वजनिक गरेको हो ।
गृह मन्त्रालयले प्रकाशित गरेको सूचीमा ५२ दिन शनिबार बिदा, ६ दिन दशै बिदा, पाँच दिन तिहार बिदा, विभिन्न दिवस, जन्मजयन्ती, महिला तथा अपाङ्गता बिशेष बिदा लगायत रहेका छन् ।
बैशाख १,चण्डी पूर्णिमा, रक्षाबन्धन,श्रीकृष्ण जन्माष्टमी, छठ पर्व, उधौलीपर्व, ल्होसार,क्रिसमस,इद लगायत पर्वमा बिदा दिने निर्णय सरकारले गरेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा, घोडेजात्रा लगायत जात्रा बिदा दिने निर्णय गरेको छ ।
आगामी वर्ष असोज १६ गते आईतबारदेखि असोज २१ गते शुक्रबारसम्म अर्थात फूलपातीदेखि द्धादशीसम्म ६ दिन बिदा दिइएको छ भने तिहारमा कात्तिक ७ गते लक्ष्मीपूजा देखि कात्तिक ११ गते शुक्रवारसम्म तिहार बिदा दिइएको छ ।
यसबाहेक विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिइएको छ । राजपत्रमा प्रकाशित सूचीमा बैशाख एक गतेदेखि १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि पाँच बजेसम्म तोकिएको छ ।
यस्तै सरकारी कार्यालय समय कात्तिक १६ गतेदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको छ ।

बिदाहरुको सूची तल उल्लेख छ ।