धादिङका एमजि तामाङलाई बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सञ्चारकर्मी एवम हाँस्य कलाकार एम जि तामाङ ले बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड पाएका छन् । धादिङको थाक्रे १० केवलपुरमा जन्मिएका एमजि अर्थात (माधव घले तामाङ) कलाकारिता र सञ्चार कर्ममा संगसंगै रमाईरहेका छन् ।  बक्स अफिस इन्टरनेशल ग्रुपको आयोजनामा भएको बक्स अफिस म्युजिक भिडियो अवार्ड २०२२ ले यहि असार ११ गते शनिवार चलचित्र विकास वोर्डको हल काठमाण्डौंमा आयोजना गरेको प्रतियोगितामा तामाङलाई बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड प्रदान गरेको हो ।

सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटा, बरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरे लगायतले थुप्रै बिधाबाट मनोनीतलाई प्रमाणपत्र प्रदान गरेका हुन् । कार्यक्रममा एम जि तामाङका साथै  अन्यलाई सम्मान गरिएको थियो ।

बहुकला ब्याक्तित्व सञ्चारकर्मी तथा हाँस्यकलाकार एम जि तामाङ एक मोडल पनि हो धेरै गितहरुमा मोडलिङ सम्मेत गरिसकेका छन् र स्टेज कार्यक्रमको लागि समेत भ्याइनभ्याई छन् । तामाङ दर्शक श्रोतालाई समय सापेक्ष विभिन्न बिषय बस्तु समेटेर हास्यास्पद ढंगमा झटारो हान्दै रमाइलो गर्न एकदम चलाख रहेका छन् ।

धादिङको धार्केबाट प्रसारित रेडियो राजमार्गबाट सञ्चार क्षेत्रमा आफ्नो यात्रा सुरुवात गरेका तामाङ अहिले कलाकारका रुपमा पनि देश विदेशमा परिचित छ्न् ।
रेडियो कार्यक्रम सञ्चालन गर्दै साङ्गितिक यात्रामा यात्रा अगाडि बढाएका घलेले विभिन्न राजनीतिक दलका नेताहरुको आवाज हुवहुु अभिनय गर्न सक्दछन् । सांगितिक क्षेत्रमा दर्शक र श्रोताका अपार माया ममता र स्नेहका कारण विभिन्न स्टेज कार्यक्रम मेला, महोत्सवहरुमा घलेको खोजी हुने गरेको छ ।

राष्ट्रिय अवार्ड समेतको टप ५ मा पर्ने सफल भएर उक्त अवार्ड सम्मेत जितेका छन्। उक्त अवार्ड कार्यक्रममा बरिस्ठ सगितकार शम्भुजित बासकोटा , बरिस्ठ फिल्म निर्देशक तुलशि घिमिरे लगाया धेरै अग्ररज कलाकारहरु उपस्थित रहेकोे कार्यक्रमका संमयोजक चप सुबेदिले गर्नु भएको थियोे ।

मायाको कसम तोड्दिन बोलका गीतबाट आरम्भ गरिएका साङ्गितिक यात्रा अरु धेरै गीतहरूमा स्वर भरिसकेका छन् भने अभिनय पनि गरिसकेका छन् । बहुकला ब्याक्तित्व सञ्चारकर्मी तथा हाँस्यकलाकार एम जि तामाङ एक मोडल पनि हो धेरै गितहरुमा मोडलिङ सम्मेत गरिसकेका छन् र स्टेज कार्यक्रमको लागि समेत भ्याइनभ्याई छन् । तामाङ दर्शक श्रोतालाई समय सापेक्ष विभिन्न बिषय बस्तु समेटेर हास्यास्पद ढंगमा झटारो हान्दै रमाइलो गर्न एकदम चलाख रहेका छन् ।

 सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बरिष्ठ सङ्गीतकार शम्भुजित बासकोटा, बरिष्ठ गायिका ज्ञानु राणा, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले थुप्रै बिधाबाट मनोनीतलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।