सिद्धलेकमा नेकपा एसको दोहोरो चरित्रले बढ्यो अविश्वास

1094 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- चुनाव प्रचार प्रसारका लागि सिद्धलेकको गाउँ गाउँमा पुगेर नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष एवम धादिङ १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेले एमालेलाई भोट नदिन सार्वजनिक उर्दि जारी गरेका छन । पाण्डे संगै सोही पार्टीका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्णप्रसाद अर्यालले पनि एमालेलाई भोट नहाल्न भाषण मार्फत आव्हान गरेका छन् ।

एमालेलाई भोट नदिन सार्वजनिक आव्हान गर्ने तिनै अर्यालले स्थानीय चुनाव सकिएको महिना दिन पनि नवित्दै गठवन्धन दललाई धोखा दिएर विपक्षी एमाले संग लिखित सहमती गरी पाँच बर्ष एस र एमाले सहकार्य गर्ने सम्झौता गरेको माइन्युट बाहिर आएको छ । गत स्थानीय निर्वाचनमा एमाले बिरुद्ध गठवन्धन बनाएर सिद्धलेक गाउँपालिकामा चुनाव जितेको काँग्रेस र नेकपा एकीकृत समाजवादी बिच चुनावी परिणाम आएको महिना  दिन नवित्दै बढेको अविश्वास अझै घटन सकेको छैन ।  गठवन्धन भित्रको एक दल नेकपा एकीकृत समाजवादीले काँग्रेसलाई छाडेर एमालेसंग सहकार्य गर्र्ने लिखित सम्झौता गरेका कारण गठवन्धन भित्र एकले अर्कोलाई विश्वास गर्न नसक्ने अबस्था बनेको हो । गत स्थानीय निर्वाचनमा गठवन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका सविता अर्याल विजयी भएका थिए ।

सात वटा वडा रहेको सिद्धलेकमा स्थानीय चुनावमा अध्यक्ष सहित २ वडा अध्यक्ष नेपाली काँग्रेसबाट, समाजवादीबाट उपाध्यक्ष र माओवादीबाट २ वडा अध्यक्ष गठवन्धनले जितेको थियो भने ३ वडा अध्यक्ष एमालेले जितेको थियो ।

पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठवन्धन जितेपनि कार्यपालिकामा स्पष्ट बहुमत हुन नसकेपछि समाजवादीले एमालेसंग मिलेर अघि बढ्न प्रस्ताव ल्यायो । भर्खरै चुनाव हारेको एमालेले तत्काल यो प्रस्ताव स्विकारेन । समाजवादी पक्षको पटक पटकको आग्रह,छलफल पछि एमालेले समाजवादीको प्रस्तावलाई स्विकार गरेपछि दुई दल बिच लिखित सहमती भयो । अबको पाँच बर्ष एमाले र एकीकृत समाजवादी मिलेर गाउँपालिका सञ्चालन गर्ने भनेर ।

पालिकामा बहुमत कार्यपालिका सदस्य पु¥याउन आतुर देखिएको समाजवादीले २०६९ साल जेठ १५ गते एमालेसंग लिखित सम्झौता ग¥यो । सिद्धलेक गाउँपालिकाको कार्यपालिका चुनावमा तालमेल गर्ने बिषयमा भएको सो सहमतीले गठवन्धन भित्र खैला बैला मच्चियो । काँग्रेसले समाजवादीको नियतमा धोखा भएको निष्कर्ष निकाल्यो । सहमती अनुसार जेठ १८ गते भएको निर्वाचनमा एमाले र समाजवादीले कार्यपालिकाको ६ जना सदस्य मध्ये ३÷३ जना भागबण्डा गर्दै  उपाध्यक्ष सविता अर्यालको पक्षमा बहुमत बनाएका थिए ।

गएको जेठ १५ गते एमाले र समाजवादी बिच लिखित सम्झौता भयो । जस्मा समाजवादीको तर्फबाट केन्द्रिय अनुशासन आयोग सदस्य कृष्णप्रसाद अर्याल,वागमती प्रदेश कमिटीका सदस्य खुनराज थापा, सिद्धलेक गाउँपालिकाका इन्चार्ज सिताराम दुवाडी, गाउँपालिका अध्यक्ष इश्वरी अर्यालले हस्ताक्षर गरेका थिए ।

एमाले जिल्ला कमिटी सदस्य प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको सम्झौतामा एमालेका सिलवालका साथै जिल्ला कमिटी सचिवालय सदस्य रंग थपलिया,जिल्ला कमिटी सदस्य एवम लेखा आयोग अध्यक्ष डिल्ली पाठक, जिल्ला कमिटी सदस्य टिकाप्रसाद थपलिया र वेदनिधि पाठकले हस्ताक्षर गरेर दुई दल पाँच बर्ष सम्म मिलेर जाने सहमती गरेका थिए ।

गाउँ कार्यपालिकाको निर्वाचनमा एमाले संग मिलेर आफ्नो पक्षमा बहुमत पु¥याएको समाजवादीले आसन्न निर्वाचनमा सिद्धलेक गाउँपालिकामा कृयाशिल सत्ता गठवन्धन पक्षधरदलहरु नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, र नेकपा माओवादी केन्द्र संग अर्को लिखित सम्झौता गर्न पुगेको छ । ६ महिना अघि एमालेसंग लिखित सहमती गरेर कार्यपालिकामा बहुमत जुटाएको समाजवादीले दोहोरो चरित्र देखाएको भन्दै तिव्र आलोचना भएको छ । यस क्षेत्रबाट गठवन्धनले नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई प्रतिनिधि सभामा र माओवादीका जिल्ला इन्चार्ज शालिकराम जमकट्टेललाई प्रदेश सभामा उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष भूमी त्रिपाठीमा प्रतिनिधि सभामा र इन्जिनियर गजेन्द्र थपलिया प्रदेश सभामा उम्मेदवार बनेका छन् । एसले आफ्नै गठवन्धनलाई दिएको धोखाका कारण अहिले उनिहरु संग माओवादी र काँग्रेस शंसकिंत हुन पुगेका छन्।

नेकपा एस पक्षधरको दोहोरो चरित्रका कारण सत्ता गठवन्धन भित्र अविश्वास मात्रै बढाएको छैन, एसको चरित्रमाथि शंका  उत्पन्न गराएको छ ।

कार्यपालिका चुनावमा आंफुलाई धोखा दिएको भन्दै काँग्रेसले समाजवादीलाई विरोध गर्न नछाडेपछि राजेन्द्र, पाण्डे, शालिकराम जमकट्टेल, कृष्ण अर्याल र काँग्रेसका जिल्ला तथा स्थानीय तहका नेता बसेर अर्को तमसुक बनाई लिखित सहमती जनाएका छन् । कात्तिक २४ गते काँग्रेस सिद्धलेकका सभापति रामशरण गिरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पराज थपलिया, एकीकृत समाजवादीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले हस्ताक्षर गरेको संयुक्त बिज्ञप्तिले सिद्धलेकमा एकीकृत समाजवादीको दोहोरो चरित्र मात्रै उदागों बनाएको छैन, उनिहरुको राजनैतिक वेइमानीको कपाली तमसुक बाहिर आएको नेकपा एमालेका नेता प्रेमनाथ सिलवाल बताउनुहुन्छ ।