जितुले ल्याइन् “डम्फुरे दाइ”

480 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं | चर्चित सेलो गायिका जितु लोप्चनले आफ्नो अर्को सुमधुर कोसेली “डम्फुरे दाइ” को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । बिशाल काल्तानको मिठो शब्द तथा संगीत रहेको “डम्फुरे दाइ”  शुक्रबार गायिका लोप्चनले आफ्नै युट्युब च्यानल Jitu Lopchan अफिसियल च्यानल मार्फत सार्वजनिक गरेकी हुन् । हेरुका लामाद्वारा निर्देशित म्युजिक भिडियोको कोरियोग्राफी हेरुकाकै रहेको छ भने छायाँकन त्रिलोक लामा र दृश्य सम्पादन सुर्य लामाले गरेका छन् । अत्यन्तै मनमोहक स्थलहरुमा छायाँकन गरिएको म्युजिक भिडियोमा हेरुका लामा, सुश्मा मोक्तान, कुइसाङ रुम्बा र अनिता नेगीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

काभ्रेकी स्थाइ बासिन्दा जितु लोप्चनले २०० भन्दा बढी तामाङ सेलो, नेपाली गीतहरु गाएकी छन् । उनले तामाङ पारासे, तामाङ सेलो ब्याटल, एला गोइलो, साइली बोर्सेवा माइली, स्योलाम दिनी, बुट्टेरुमाल जस्ता अनेकौ चर्चित गीतहरु दर्शक श्रोता माझ पस्किसकेकी छन् ।  धादिङन्युज डट कम परिवार उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

भिडियो हेर्न तलको तलको लिन्कमा क्लिक गर्नुहोला ।