चक्रपाणि तिमल्सिनाको गीत ‘किन कुन्नि …’
696 पटक पढिएको
गायक तथा संगीतकार चक्रपाणि तिमल्सिनाको नयाँ म्युजिक भिडियो ‘किन कुन्नि …’ सार्वजनिक भएको छ। म्युजिक भिडियो तिमिल्सिनाको आफ्नै युट्युव च्यानल चक्रपाणी तिमिल्सिना मार्फत सार्वजनिक गरिएको हो । महेशबाबु तिमल्सिनाको शब्द रहेको गीतमा चक्रपाणि आफैले संगीत भरेका छन । गीतमा संगीत संयोजन डिका गुरुङले गरेका छन् । डिजिटल काठमाडौंमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वागुन हुन् । ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङले गरेका छन् । गीतको म्युजिक भिडियोमा लक्ष्मी बोहरा र आई.पि आचार्यले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई रवी लामाले निर्देशन गरेका हुन् भने यसमा आयुष गौतमको छायांकन र रवी लामाले सम्पादन रहेको छ ।