नेपाल र अमेरीका द्धौत्य सम्बन्ध ७५ औं बर्षमा, खुसीयालीमा विभिन्न कार्यक्रम
120 पटक पढिएको
कोलोराडो, अमेरीका
नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध सुरुभएको ७५ औं बर्ष पुगेको खुसीयाली मनाउन अमेरिकाको कोलोराडोमा कार्यक्रम गरिएको छ । कोलोराडोका गर्भनर जेडर पोलीस र अमेरीकाको लागी नेपालका राजदुत श्रीधर खत्रीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठको नेतृत्व तथा कोलोराडोमा नेपाली तथा नेपाली भाषी समुदाय बिच कृयाशिल डेढ दर्जन भन्दा बढि संघ संस्थाहररू र नेपाली सोसाइटी टेक्सासको आयोजनामा शुरूभएको कार्यक्रममा बिभिन्न बक्ताहरूले नेपाल र अमेरीका बिच द्धौत्य सम्बन्ध बारे आ‒आफ्नो धारणा राखेका थिए । उनीहरूले नेपाल र अमेरीका बिच गहीरो सांस्कृतीक, आर्थिक, सामाजिक, सैक्षिक, धार्मिक लगायतका बिभिन्न पारस्परिक सम्बन्ध रहेको भन्दै यो सम्बन्ध अगामी दिनमा अझ प्रगाड हुदैजाने बिश्वास ब्यक्त्त गरेका थिए ।
यसरी धारणा राख्नेहरूमा कोलोराडोका गभर्नर जेडर पोलीस , अमेरीकाकालागी नेपालका राजदुत श्रीधर खत्री, बोल्डर काउन्टी कमिस्नर एस्ली स्टलजम्यान, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, बोल्डरका मेयर एरोन ब्रकेट, लङमन्टका मेयर जोन पिक,ब्राइटनका मेयर जर्ज मिल्क, युलेस सिटी टेक्सासका काउन्सिल मेम्बर टिका पौडेल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाल अमेरीका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष दिनेश शर्मा लगायतका रहेका थिए ।
कार्यक्रममा टेक्सास, क्यालिफोर्निया, फ्लोरीडा, वासिंङटन डिसीबाट नेपाली दाजुभाइ दिदी बिहनीहरू कायर्कममा सहभागी हुन आएका थिए । कार्यक्रम सुरूहुनु अघि धिमेबाजाको तालमा परेड प्रर्दशन गरिएको थियो । नेपाल र अमेरीकाको राष्टिय गान बाट अगाडी बढाइएको कार्यक्रमा स्वागत भाषण हेल्पिङ हेण्ड हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले गरेका थिए भने, धन्यवाद ज्ञापन सुनन्दा डंगोलले गरेकी थिइन् । त्यसैगरी कार्यक्रमको संचालन ग्रिष्मा गौतम र शुभु सिहले गरेका थिए । कार्यक्रमको दौरानमा दर्शकहरूलाइ मनोरञ्जन प्रदान गर्न बिभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रर्दशन गरिएको थियो । जसमा गणेश नाच, लगायत अन्य बिभिन्न नेपाली संगितमा नृत्य प्रस्तुत गरिएको थियो ।
नेपाल र अमेरीकाको द्धौत्य सम्बन्ध, सन् १९४४ देखी १९५२ को अवधिमा नेपाल र अमेरीकाको सम्बन्ध, इमिग्रेशन सम्बन्धि फोरम, एनआरएनए नागरिकता तथा दोहोरो ट्याक्स सम्बन्धि फोरम संचालन गर्ने कार्यक्रम रहेका छ ।