एमालेको पहिलो बागमती प्रदेशअधिवेशन : अध्यक्षमा चार जनाको उम्मेदवारी धादिङबाट सचिवमा डा.रामकुमार अधिकारी र उपसचिवमा गंगादेवी श्रेष्ठको उम्मेदवारी

508 पटक पढिएको

१० आश्विन २०८०, बुधबार २०:५२ सम्पादक: धादिङ न्यूज

१० असोज २०८०
काठमाडौँ- नेकपा एमालेको पहिलो बागमती प्रदेशको अधिवेशन काठमाडौंमा जारी छ । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित कुल २४० सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ ।

एमालेको बागमती प्रदेश कमिटीको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्। अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनेमा राजेन्द्र राजथाला, ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा र सुभाषचन्द्र ठकुरीले उम्मेदवारी दर्ता गराएका हुन्। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, डा.रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जन लगायत १२ जनाले उम्मेदवारी दिएका छन्। पदाधिकारी मध्ये सचिवमामा उम्मेदवारी दिने डा.रामकुमार अधिकारी र उपसचिवको उम्मेदवार गंगादेवी श्रेष्ठ धादिङका हुन ।