धुनीवेशी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

134 पटक पढिएको

सम्पादक: Dhading News

 जेठ २०, धार्के । धादिङको धुनिबेशी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।

आइतबार एक कार्यक्रमका विच नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।  कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले पुर्ण खोप सुनिश्चितताको लागि खट्ने जनप्रतिनिधि,कर्मचारी,स्वास्थ स्वयंसेविका र नगरवासीलाई धन्यवाद दिनु हुदै राज्यले प्रदान गर्ने खोप सबैलाई लागाउन आग्रह गर्नु भएको थियो ।

 जिल्ला जनस्वास्थ्य प्रमुख विभु कुमार झा ले नगरपालिका टिमसहित नगरवासीलाई बधाई दिदै १२०० बालबालिकामा ९ सय ५० बालबालिकाले पोलियोको आइपिभी खोप लगाएकोमा बाकी बालबालिका छुटेका भए उनिहरुलाई पनि जानकारी गराउनुपर्ने बताउनु भयो। खोप बालबालिकाको नैसर्गिक अधिकार भएकोले बालबालिकालाई खोप लगाउनु अभिभावकको कर्तव्य भएको बताउनु भयो ।

उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले नगरपालिकाले छुटेका बालबालिकालाई खोजी खोजी खोप लगाएको भन्दै खोप लगाउन नमान्ने अभिभावकलाई काउन्सिल गर्नुपर्ने बताउनु भयो । उहाले स्वस्थ र सक्षम नागरिक उत्पादन गर्नका लागी सरकारले पुर्ण खोप सुनिश्चितता कार्यक्रमलाई निरन्तरता दिएको उहाँले बताउनु भयो ।

नगरपालिकाको लक्ष्य २७१ जना खोप लगाउने रहेकोमा ३७५ जनाले खोप लगाएका थिए । जस अनुसार ११० प्रतिशत खोप लगाएका थिए । सो घोषणा गर्नका लागी नगरका स्वास्थकर्मीले डाटा लिने,सर्भेक्षण गर्ने र खोप नलगाएकाको घरमै गएर खोप लगाउने कार्यक्रम गरेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ध्रुव अधिकारीले बताउनु भयो । नगरपालिकामा पुर्ण खोप सुनिश्चितता गर्नको लागी प्रत्येक बर्ष नयाँ बच्चाको जन्म,उनिहरुले लगाएको खोपका बिषयमा अध्याबधिक गर्नपर्ने हुन्छ । पुर्ण खोप सुनिश्चितता घोषणामा नगरप्रमुख आचार्यले सबै वडाका जनप्रतिनिधिलाई धन्यवादसहित पुर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ प्रमुख श्याम पोखरेलले नगरप्रमुख आचार्यलाई प्रमाणपत्र प्रदान समेत गर्नु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि , कर्मचारी ,स्वास्थ स्वयंसेवीका, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो।