शपथ खाएको महिना दिन वित्यो, मदुकुमार श्रेष्ठले पाएनन मन्त्रालय

552 पटक पढिएको

९ भाद्र २०८१, आईतवार २०:३७ सम्पादक: धादिङ न्यूज

धादिङ, ९ भदौ,आईतबार २०८१ ।

बागमती प्रदेश सरकारको मन्त्री पदको शपथ ग्रहण गरेको महिना दिन भईसक्दा पनि धादिङको निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित भएका सांसद मदुकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

गत साउन ९ गते मन्त्री नियुक्त हुँदै पद तथा गोपनियताको शपथ खाएका मन्त्री श्रेष्ठले विभागीय जिम्मेवारी पाएका छैनन्। नेपाली कांग्रेसबाट निर्वाचित भएका श्रेष्ठलाई बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले बिना विभागीय मन्त्रीका रुपमा नियुक्त गरेका थिए।

कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार रहे पनि पार्टीभित्रको आन्तरिक किचलोका कारण श्रेष्ठको विभागीय जिम्मेवारीको टुंगो लाग्न नसकेको काँग्रेसका एक नेताले वताए ।

बागमती प्रदेशमा हाल १३ मन्त्रालय छन्। जसमा भौतिक सहित ६ मन्त्रालय एमालेले लिएको छ भने मुख्यमन्त्री र अर्थसहित ७ मन्त्रालय कांग्रेसको भागमा छ।